You are viewing the translated version of बैङ्क प्रत्याभृतिको व्यवस्था.

Section 8A
बैङ्क प्रत्याभृतिको व्यवस्था
(१) उद्योग सञ्चालन भएको पछिल्लो बाह्र महिनाको कुल बिक्रीको चालीस प्रतिशतभन्दा बढी निकासी गर्ने उद्योगले निकासी गर्ने परिमाण जतिको मालवस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ पैठारी गर्दा तथा बण्डेड वेयर हाउस मार्फत करमुक्त पसलको लागि पेठारी गर्ने मालसामानमा लाग्ने कर बापतको रकम सम्बन्धित भन्सार कार्यालयमा बैङ्क प्रत्याभूति राखी पैठारी गर्न सक्नेछ । तर बण्डेड वेयर हाउस मार्फत कर मुक्त पसलले पैठारी गर्ने बाहेक अन्य निकासीकर्ताले त्यस्तो सुविधा प्राप्त गर्न कच्चा पदार्थबाट तयारी सामान बनाई निकासी गर्दा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सुविधा लिई बण्डेड वेयर हाउस मार्फत पैठारी भएका मदिरा तथा चुरोट नेपाल सरकार परराष्ट्र मन्त्रालयले सिफारिस गरेको कूटनीतिक तथा महसुल सुविधा प्राप्त व्यक्ति वा निकायलाई मात्र बिक्री गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम राखिएको बैङ्क प्रत्याभूति विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा गरिनेछ।